२०८३ असार ८ गते , सोमबार

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

sajilo news
झापा
२०७८ चैत्र ३० गते , बुधबार
आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ।  दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू(भागमा भने मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार