२०८३ असार ८ गते , सोमबार

थापाको पहलमा फहराइयो मेची पुलमा राष्ट्रिय झन्डा

sajilo news
झापा
२०७८ चैत्र २८ गते , सोमबार
थापाको पहलमा फहराइयो मेची पुलमा राष्ट्रिय झन्डा

काँकडभिट्टा । नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झन्डा फहराइएको छ । स्थानीय समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झन्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने  झन्डा पूर्वी सिमानामा राखिएको हो । 

चन्द्र सूर्य अंकित उक्त राष्ट्रिय झन्डा प्रवेशद्वारमा फहराइएको छ । दुई देश बीचको सिमानामा राष्ट्रियता दर्साउन स्थानीय स्तरबाट झन्डा राखिएको थियो । सो झन्डा च्यातिएपछि नयाँ झन्डा फहराइएको समाजसेवी थापाले बताए । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको समन्वयमा झन्डा फहराइएको हो । सो अवसरमा जनपथ, सशस्त्र प्रहरी ,सञ्चारकर्मी ,स्थानीयको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार