२०८३ असार ८ गते , सोमबार

पत्रकार खनाललाई मातृ शोक

sajilo news
झापा
२०७८ चैत्र २८ गते , सोमबार
पत्रकार खनाललाई मातृ शोक

पत्रकार उमाकान्त खनाललाई मातृ शोक परेको छ । बिबिसी नेपाली सेवा र देश सञ्चार अनलाइनका संवाददाता तथा सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाललाई मातृ शोक परेको हो ।

खनालकी आमा सरस्वतीको ६५ वर्षको उमेरमा आज बिहान ६ः३० बजे निधन भएको हो । लामो समयदेखि मधुमेह, थाइराइड, मुटु र मिर्गौला रोगबाट पीडित सरस्वतीको बुद्धशान्ति-२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०१४ साल फागुन ९ गते तेह्रथुमको फूलबारीमा जन्मनुभएकी दिवङ्गत सरस्वतीका श्रीमान् झरेन्द्र, एक छोरा उमाकान्त , दुई छोरी मेनुका निरौला र नर्वदा पोखरेल, चार जना नातिनी र दुई जना नाति रहेका छन् । दिवङ्गत सरस्वतीका छोरा उमाकान्त लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका छन् ।

यसैबिच नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले एक विज्ञप्ति जारी गर्दै महासंघ सदस्य खनालकी माताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गतको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा शोक सहन गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दै  समवेदना व्यक्त गरेका छन् । पारिवारिक श्रोतका अनुसार खनालको पार्थिव शरीर आजै दिउँसो १२ बजे कनकाई माईमा अन्त्येष्टि गरिने छ ।

सम्बन्धित समाचार