२०८३ असार ८ गते , सोमबार
चट्याङले लागेर झापामा एक महिलाको मृत्यु
चट्याङले लागेर झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका- ५ निवासी ४० वर्षीया मनमाया थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार घर पछाडि काम गरिरहेको अवस्थामा उनलाई आइतबार दिउँसो हावाहुरी, पानीसँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएकी उनलाई उपचारको लागी मेडी म्याक्स अस्पताल गौरादहतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी दमक अस्पताल पठाइएको छ ।