२०८३ असार ८ गते , सोमबार

न्यौपाने बन्धु समाजद्वारा सरकारी कर्मचारीलाई सम्मान

sajilo news
झापा
२०७८ चैत्र २६ गते , शनिबार
न्यौपाने बन्धु समाजद्वारा सरकारी कर्मचारीलाई सम्मान

न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाले वार्षिक साधारण सभाको अवसर पारेर न्यौपाने बन्धुलाई सम्मान गरेको छ । 
आज शनिवार कनकाई ४ स्थित कोटि होममा रहेको समाजको भवनमा आयोजित सातौँ जिल्ला अधिवेशनको अवसरमा जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुलाई सम्मान गरेको हो ।  
झापाका सहायक प्रमुख जिल्ला अधिकारीद्धय चोमेन्द्र न्यौपाने र रुद्र न्यौपाने ,कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने, दमक नगरपालिकामा कार्यरत उपसचिव दिनेश कुमार न्यौपानेलाई बन्धु समाजले सम्मान गरेको हो ।  
जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुहरूले कार्य सम्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाका अध्यक्ष मेदनीप्रसाद न्यौपानेले जानकारी दिए । 
सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि न्यौपाने बन्धु समाज नेपाल प्रदेश १ अध्यक्ष कृष्णप्रसाद न्यौपाने र जिल्ला अध्यक्ष मेदनीप्रसाद न्यौपानेले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए । 
त्यस्तै कार्यक्रममा साहित्यकार हरिप्रसाद न्यौपाने, न्यौपाने बन्धुको स्थानीय समिति गौरादह अध्यक्ष ज्ञानबहादुर न्यौपाने र शिवसताक्षी नगर अध्यक्ष दुर्गा न्यौपानेलाई पनि सम्मान गरिएको थियो । 
साथै सोही कार्यक्रममा न्यौपाने बन्धुहरूको डायरी अनावरण समेत गरिएको थियो । 
समाजका झापा उपाध्यक्ष गोविन्द न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरहरि न्यौपानेले गरेका थिए ।   
जिल्ला अध्यक्ष मेदनी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित मध्येबाट सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, ज्ञानबहादुर न्यौपाने, स्थानीय समितिको तर्फबाट विष्णु न्यौपाने, सल्लाहकार संयोजक गुरुभक्त न्यौपाने, प्रमेश न्यौपाने, प्रमुख अतिथि प्रदेश १ अध्यक्ष कृष्ण न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
 

सम्बन्धित समाचार