२०८३ असार ८ गते , सोमबार

११ उद्यमी तथा व्यवसायीलाई सम्मान

sajilo news
झापा
२०७८ चैत्र २६ गते , शनिबार
११ उद्यमी तथा व्यवसायीलाई सम्मान

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरूलाई उत्प्रेरणा दिन तथा समाजमा राम्रो छाप छोडेको भन्न ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले उनीहरूलाई सम्मान गरेको हो ।
 ऊर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणीत पुडासैनी र कार्यकारी निर्देशक सरोज खरेलले उनीहरूलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा खगेन्द्र काष्ठ फर्निचरका सञ्चालक खगेन्द्र खरेल, प्याक एन्ड प्याडल नेपालका सञ्चालक आकाश श्रेष्ठ,  डिएण्डडि बायो प्लान टेकका सञ्चालक डिल्लीराज उप्रेती, केक ग्यालरीका सञ्चालक बलराम राजवंशी, थड होम कफीका सञ्चालक राम तिवारी, पर्पल किचन तथा इन्टेरियरका सञ्चालक अजय चौधरी, धागो बुटीकका सञ्चालक सानी घिमिरे,  लोटस सिटी मोबाइल हाउसका सञ्चालक उज्ज्वल गुरागाईँ,  साकम्वरी ट्रेड कन्सनका सञ्चालक सुभम गोयल, हिमालयन जनरल इन्स्योरेन्सका शाखा प्रमुख सुशील गोयल रहेका छन् । 
 तीन दिन सञ्चालन भएको ऊर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिममा जिल्लाभरका २ सय विद्यार्थीको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार