२०८३ असार ८ गते , सोमबार

झापामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र २४ गते , विहीबार
झापामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

झापाको दमकमा  ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी २३ वर्षीय विकास ताजपुरिया रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधवार साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा ट्र्याक्टर सवारमा ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार