२०८३ असार ८ गते , सोमबार

सहारा नेपाल बनियानी सेवा केन्द्रले मनायो वार्षिकोत्सव 

sajilo news
झापा
२०७८ चैत्र २३ गते , बुधबार
सहारा नेपाल बनियानी सेवा केन्द्रले मनायो वार्षिकोत्सव 

सहारा नेपाल साकोस सेवा केन्द्र बनियानीले संस्थाको २७ औं वार्षिकोत्सव मनाएको छ ।  सहारा नेपाल बनियानीले कचनकवल ६ स्थित सामुदायिक भवनमा प्रदेश सांसद वसन्त कुमार बानियाको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता रेखा डाँगी गरेकी थिइन भने स्वागत मन्तव्य पुनम कार्कीले राखेकी थिइन ।

संस्थाको भावी योजनाको प्रस्तुति गर्दै शाखा प्रबन्धक नेत्र कुमार खडकाले सहारा नेपालमा १ लाख ६० हजार सदस्य सङ्ख्या रहेको छ । संस्थाको शेयर पुजी १६५ करोड रहेको र ७७ सेवा केन्द्र रहेको उनले बताए ।  संस्थाले गरिबी न्यूनीकरण, सामाजिक, रोजगारी, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा योगदान पुर्याउँदै थुप्रै कार्यक्रम गरिरहेको छ । कार्यक्रममा उपस्थिति शेयर सदस्यहरू मध्येबाट सम्मान पत्रका साथै प्रमुख अतिथि र प्रबन्धक मार्फत मायाको चिनो प्रदान गरिएको थियो।

सम्बन्धित समाचार