२०८३ असार ८ गते , सोमबार
झापामा मोटरसाइकल दुर्घटना : एक महिलाको मृत्यु
झापाको बुद्धशान्ति गाउँपालिका- ३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मङ्गलवार पौने ७ बजे दक्षिण तर्फ जाँदै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा घाइते भएकी मोटरसाइकल पछाडि सवार सोही स्थानकी ३८ वर्षीया शान्त सुब्बा घाइते भएकी थिइन ।
उनको उपचारको क्रममा ब एण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ४२ वर्षीया कविता लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउँपालिका ६ का हर्क यावालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।