२०८३ असार ८ गते , सोमबार

हल्दिबारीमा हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर टिपर चालकको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र २३ गते , बुधबार
हल्दिबारीमा हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर टिपर चालकको मृत्यु

हाइटेन्सन बिजुलीको तारबाट करेन्ट लागेर झापामा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका- ५  धनुषा निवासी विकास तामाङ रहेको जनाइएको छ ।

कन्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए । बेहोस भएका उनको उपचारको क्रममा बिएण्सी अस्पताल मृत्यु भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए ।  उनी कन्चन निर्माण सेवा कम्पनीको बा १ प – ७७४७ नम्बर टिपर चालक थिए ।

सम्बन्धित समाचार