२०८३ असार ८ गते , सोमबार

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०७८ चैत्र २३ गते , बुधबार
तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १‚ बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण बुधवार बिहान देशभर आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका सामान्य बदली रही चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भू(भागमा भने आंशिक बदली रहने छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

सम्बन्धित समाचार