२०८३ असार ८ गते , सोमबार

बिपी टोलको अध्यक्षमा खड्का

sajilo news
झापा
२०७८ चैत्र २१ गते , सोमबार
बिपी टोलको अध्यक्षमा खड्का

भद्रपुर । भद्रपुर- १० स्थित बिपी टोल विकास समितिको दोस्रो अधिवेशनले खड्गबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्माण भएको छ ।

समितिको उपाध्यक्षमा देवीमाया प्रधान, सचिव इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा उर्मिला दाहाललाई सर्वसम्मत निर्वाचित गरिएको हो । यस्तै सदस्यहरूमा देवी अधिकारी, छवि रमण खनाल, खगेन्द्र चौलागाई, सिताराम न्यौपाने, मातृकाप्रसाद भट्टराई, सङ्गीता कोइराला लगायत रहेका छन् ।

खड्गबहादुर खड्काको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सचिव मनकुमार डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार