२०८३ असार ८ गते , सोमबार

पवनको नेतृत्वमा राजवंशी समाज विकास समिति भद्रपुर गठन

sajilo news
झापा
२०७८ चैत्र २० गते , आईतबार
पवनको नेतृत्वमा राजवंशी समाज विकास समिति भद्रपुर गठन

राजवंशी समाज विकास समिति भद्रपुरको अध्यक्षमा पवन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । नेपाल सामुदायिक भवनको सभा हलमा आयोजित समितिको तेस्रो नगर अधिवेशनमा तीन जनाले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएपछि पवन निर्वाचित भएका हुन् । अध्यक्षका उम्मेदवार सन्तोष राजवंशी, उत्तम राजवंशी र पुष्पलाल राजवंशीले उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै समितिको उपाध्यक्षमा वसन्त राजवंशी र महिला उपाध्यक्षमा संहिता राजवंशी निर्विरोध निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षका उम्मेदवार पुनमसिंह राजवंशीले उम्मेदवारी फिर्ता लिइन् । सचिव पदमा नन्दलाल र विजयले उम्मेदवारी फिर्ता लिएपछि मन्दिप राजवंशी, सहसचिव पदमा सुटलालले उम्मेदवारी फिर्ता लिएपछि जयदेव र कोषाध्यक्षमा सुजाता राजवंशीले उम्मेदवारी फिर्ता लिएपछि सुचित्रा राजवंशी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रसद, मोहन, बिजेन्द्र, विष्णु, शर्मिला, हलसरि राजवंशी निर्वाचित भएको निर्वाचन समिति सदस्यका गणेश राजवंशीले जानकारी दिए । नवनिर्वाचित समितिका अध्यक्षसहित पदाधिकारीलाई गोपनीयताको शपथ खुवाउँदै पदभार ग्रहण गराइएको छ ।  

सम्बन्धित समाचार