२०८३ असार ८ गते , सोमबार

नोबेल अस्पतालका चिकित्सक यादव मृत भेटिए

sajilo news
झापा
२०७८ चैत्र १९ गते , शनिबार
नोबेल अस्पतालका चिकित्सक यादव मृत भेटिए

विराटनगरको नोबेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत अवस्थामा फेला परेका छन्  सप्तरीको राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्। उनी विगत ४ वर्षदेखि विराटनगर-४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए ।

नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा। यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । २८ वर्षका डा। यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए । घटनास्थलमा मोरङ प्रहरीको टोली पुगेको छ । मृतकका आफन्तले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन् ।

सम्बन्धित समाचार