२०८३ असार ८ गते , सोमबार

पाठामारी नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको कुखुराको मासु बरामद

sajilo news
झापा
२०७८ चैत्र १७ गते , विहीबार
पाठामारी नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको कुखुराको मासु बरामद

अवैध रुपमा भारतबाट लुकाइछिपाई नेपाल भित्राउन लागेको बोइलर कुखुराको मासु गरिएको छ । इलाका प्रहरी कार्यालय बनियानी र सशस्त्र प्रहरी बल बिओपी पाठामारीको संयुक्त गस्ती टोलीले कचनकवल ७ स्थित दुर्गाभिट्टाबाट अन्दाजी २५ केजी बराबरको कुखुराको मासु बरामद गरेको हो ।

बरामद गरिएको कुखुराको मासुलाई इलाका प्रहरी कार्यालय बनियानीमा कुखुरा पालक संघका प्रतिनिधि ,सशस्त्र प्रहरीका प्रसनि दिलीप श्रेष्ठ , समाजसेवी, बुद्धिजीवीको रोहवरमा नष्ट गरिएको प्रनानि नर बहादुर तुम्बाहाम्फेले जानकारी दिए ।  भारतीय बोइलर कुखुरा चोरी निकासीबाट भित्राउँदा नेपाली कुखुरा पालक किसानको लागि ठुलो चुनौती र समस्या बनेको कुखुरा पालक व्यवसायी संघका अध्यक्ष तेज प्रसाद वाग्लेले बताए ।  नेपाली कुखुराले बजार नपाउँदा लामो समयदेखि घाटा बेहोर्नु परेको उनको भनाइ छ ।

सम्बन्धित समाचार