भद्रपुरमा दुई दिने महिला कानुनी साक्षरता सम्बन्धित अभिमुखीकरण
भद्रपुर । महिलाहरूका कानुनी हक अधिकारलाई सुनिश्चितता गराउँदै जनचेतना फैलाउने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा दुई दिने महिला कानुनी साक्षरता सम्बन्धित अभिमुखीकरण सम्पन्न भएको छ ।
भद्रपुर- १० स्थित महिला जागरण समितिले चन्द्रगढीको छाता चोकको महिला जागरण कार्यालयको सभा हलमा आयोजना गरेको सो अभिमुखीकरणमा स्थानीय दर्जनौँ महिलाहरूको सहभागिता रहेको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कानुनी हक अधिकारका विषयमा अधिवक्ता देवी निरौला अधिकारीले सहजीकरण गरेका थिए ।
समिति अध्यक्ष विपला चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, उप प्रमुख चन्द्रमाया श्रेष्ठ , भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजी, समिति सल्लाकार संयोजक चन्द्र चापागाईँ लगायतले मन्तव्य राखेका थिए । समिति उपाध्यक्ष शकुन्तला पोखरेलले स्वागत मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन समिति सचिव सङ्गीता ढकाल कोइरालाले गरेका थिइन् ।