२०८३ असार ८ गते , सोमबार

चार प्रदेशमा हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०७८ चैत्र १६ गते , बुधबार
चार प्रदेशमा हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका केही स्थानमा चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ।  भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव र स्थानीय वायुको प्रभावले  प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। 

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। यस्तै  प्रदेश–१ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

सम्बन्धित समाचार