२०८३ असार ८ गते , सोमबार

आज हावाहुरीसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०७८ चैत्र १५ गते , मंगलबार
आज हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावा हुरीसमेत सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश(१, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

राति प्रदेश( १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश(१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्बन्धित समाचार