२०८३ असार ८ गते , सोमबार

झापाका प्राज्ञ पवन राजवंशी भारतको दिनहाटामा सम्मानित

sajilo news
झापा
२०७८ चैत्र १४ गते , सोमबार
झापाका प्राज्ञ पवन राजवंशी भारतको दिनहाटामा सम्मानित

प्राज्ञ पवनकुमार राजवंशी भारतको पश्चिम बंगाल कोच विहारस्थित (दिनहाटा) मा सम्मानित भएका छन् । कोच विहार आवृत्ति जिल्ला परिषद्द्वारा आयोजित समारोहमा उनलाई सम्मान गरिएको थियो । राजवंशीको संस्कार, संस्कृति र भाषाको उत्थानमा उल्लेख्य योगदान पु¥याएको र साहित्य क्षेत्रमा समेत उनले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राजवंशीलाई सम्मान गरिएको हो । आवृत्ति परिषद्का अध्यक्ष सिलाजित रायको अध्यक्षता तथा दिनहाटाका एमएलए उदयन गुहाको प्रमुख आतिथ्यमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आवृत्ति उत्सव र १५औं वार्षिकोत्सवमा राजवंशीलाई सम्मान गरिएको थियो ।

दिल्लीका प्रसिद्ध आवृत्ति शिल्पी प्रणव दत्त, कलकत्ताकी रुपा दे, सचिन राय चौधरी र बङ्गलादेशकी सुप्रिसिद्ध आटिस सुप्रिया चौधरीको समेत आतिथ्य रहेको थियो । सुसमारोहमा बंगाली प्रसिद्ध कविहरू समेत सहभागी थिए । दुई दिनसम्म भएको कार्यक्रममा सम्मानित राजवंशीले पहिलो दिन गीत, कविता वाचन गरेका थिए । उनले गल्ती रहेछ योवनको‘ छन्दबद्ध, कविता– कवितामय जीवन, चानचुने कुरा होइन गद्दे कविता र राजवंशी भाषाको गजल समेत प्रस्तुत गरेका थिए । सम्मानित व्यक्तित्व राजवंशीले गीताको अनुवाद गरेसँगै उनको चर्चा नेपालसहित भारतमा समेत फैलिएको छ ।

सम्बन्धित समाचार