२०८३ असार ८ गते , सोमबार

 पाथीभरा मन्दिर परिसरमै एक दर्शनार्थीको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र १४ गते , सोमबार
 पाथीभरा मन्दिर परिसरमै एक दर्शनार्थीको मृत्यु

ताप्लेजुङमा पाथीभरा दर्शनका क्रममा सुनसरीको इटहरी नगरपालिका-९ का खिनबहादुर ढुङ्गानाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रममा गर्ने क्रममा ढलेका थिए । प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुङ्गानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको र उनको शवलाई शव गृहमा राखिएको अधिकारीले बताए । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जाने क्रममा लेक लागेको हुनसक्ने चिकित्सकको अनुमान छ । ढुङ्गाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए ।

सम्बन्धित समाचार