२०८३ असार ८ गते , सोमबार
उदयपुरगढीमा आगलागी, एक जनाको मृत्यु, ८ घर जले
उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासि आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो ।
आगलागीबाट भैरवबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घर गोठ जलेर नष्ट भएको छ । आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुँगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयवासी डण्डीकेशर मगरले जानकारी दिए साथै अन्नपात, लत्ताकपडा सबै जलेका छन् ।