२०८३ असार ८ गते , सोमबार

भद्रपुरमा विश्व नेवा: दिवस मनाइयो

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
भद्रपुरमा विश्व नेवा: दिवस मनाइयो

विश्व नेवा: दिवसको अवसर पारेर नेवार समुदायले भद्रपुरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । पाँचौँ विश्व नेवा: दिवसको अवसर पारेर नेवा: समाज कल्याण गुठी, भद्रपुरले गुठी भवनमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । त्यस्तै मेची अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ, । सोही दिन बेलुकी ६ः३० बजे भद्रपुर–५ स्थित बौद्ध विहारमा दीप प्रज्वलन गरी मनाइएको जनाएको छ ।

दिवसको अवसरमा सम्पन्न कार्यक्रमको औपचारिक कार्यक्रमका सभापतित्व गुठीका अध्यक्ष नारायण श्रेष्ठले गरेको र प्रमुख भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ, विशेष अतिथि मेची क्याम्पसका पूर्व प्रमुख चित्र बहादुर श्रेष्ठ र उद्योग संघ, झापाका अध्यक्ष यम बहादुर श्रेष्ठ रहेका थिए । गुठीका सचिव विगम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जगदीश जोशीले गरेका थिए भने,क कार्यक्रमको औचित्य माथि प्रकाश गुठियार गोपाल प्रसाद श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार