विद्यार्थीलाई उद्यमशीलतासँग जोड्न ‘अ डे वीथ सन्दीप क्षेत्री’ कार्यक्रम
विद्यार्थीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धिसँगै उद्यमशीलतासँग जोड्न सहजता पु¥याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दीप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ ।
स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा चैत २६ गते शनिवारका दिन तालिमको आयोजना गरिएको बिर्तामोडमा बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । एसइई उत्तीर्ण गरेका र स्नातकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्बन्धी तालिमको सहजीकरण सन्दीप क्षेत्रीले गर्ने छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका क्षेत्रीले सहजीकरण गरेको तालिममा सहभागीले आफूमा भएको क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दिशामा लाने र कसरी आफ्नो जीवनलाई अघि बढाउने भन्ने विषयको निक्र्यौल गर्न सहज हुने आयोजकले विश्वास लिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लिका अध्यक्ष सन्दीप राजवंशीले बताए । सबै मानिसमा क्षमता एकै प्रकारको हुँदैन । फरक – फरक क्षमताका मानिसको पहिचान गर्दै सबैलाई उद्यमशीलतासँग जोड्ने यो कार्यक्रमले सेतुको काम गर्ने छ अध्यक्ष राजवंशीले भने – यो विशेष तालिममा हामी झापा भरिका एक हजार विद्यार्थीलाई विशेष प्रशिक्षण प्रदान गर्छौँ ।
तालिम बिर्तामोडस्थित सिटी सेन्टरको सभा हलमा बिहान ११ बजेदेखि ४ बजेसम्मको हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि. विगत तीन वर्षदेखि झापा लगायत प्रदेश नम्बर १ मा विभिन्न खाले कार्यक्रमहरू जस्तै ब्युटीकन्टेस्ट, ट्रेनिङ, सेमिनार सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा कार्यक्रमका विषयमा स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. की कार्यक्रम निर्देशक दीक्षा खाती, भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लिका प्रबन्ध निर्देशक साइमनजंघ बस्नेत,भिप्राका प्रमुख अधिकृत भिमल राजवंशीले प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरूले निकट भविष्यमा कुनै व्यवसाय सञ्चालनको तयारी गरिरहेको र उनीहरूलाई व्यवसाय प्रवर्धनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुराको समेत ज्ञान प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै जसलाई दैनिक जीवनमा सेल्फ मोटिभेसनको आवश्यक छ उनले पनि तालिममा सहभागी भएर धेरै कुरा सिक्न सक्ने बताइएको छ । कार्यक्रम सम्पन्न गर्न आठ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा सहभागिता जनाउने मध्ये विद्यार्थी वर्गलाई पाँच सय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको बताइएको छ ।