२०८३ असार ८ गते , सोमबार

इलाममा अवैध सामान बोकेको गाडी नियन्त्रण

sajilo news
इलाम
२०७८ चैत्र ८ गते , मंगलबार
इलाममा अवैध सामान बोकेको गाडी नियन्त्रण

इलामको रोङ गाउँपालिका- ४ जोर कलश स्थित मेची राजमार्गमा अवैध सामान बोकेको गाडीसहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान साढे ७ बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएका प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्बरको वोलेरो गाडीमा अवैध रुपमा बोकेको अन्दाजी १९ लाख रुपैयाँ बरावरको २००० किलोग्राम (४० बोरा)  हार्ड छुर्पी बरामद गरेको हो । 

अवैध छुर्पी बरामद भएसँगै उक्त छुर्पी, गाडी र चालक इलाम सूर्योदय नगरपालिका २ का निमा तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

सम्बन्धित समाचार