२०८३ असार ८ गते , सोमबार
मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना घाइते
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा को २९ प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुका साढे ८ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको हो ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको प्रहरीले जनाइएको छ । घाइते भएका २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।