२०८३ असार ८ गते , सोमबार
सुरक्षा निकायका प्रमुखद्वारा लेटाङ घटनाको स्थलगत अनुगमनमा
मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको घटना सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, सशस्त्र बराह बाहिनी पलकीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थल गत अनुगमन तथा जानकारी लिएका छन् ।
हिजो उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको विषयमा वाद विवाद हुँदा विद्यार्थी तथा विद्यार्थीका अभिभावक अन्दाजी ४–५ सय जनाको सङ्ख्याले विद्यालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।