२०८३ असार ८ गते , सोमबार

भद्रपुर नाकामा भारतीय एसएसबी र महिलाबिच झडप, एक जना घाइते

sajilo news
झापा
२०७८ चैत्र ७ गते , सोमबार
भद्रपुर नाकामा भारतीय एसएसबी र महिलाबिच झडप, एक जना घाइते

झापाको भद्रपुरस्थित नेपाल भारतको दशगजा क्षेत्रमा भारतीय एसएसबी र सामान बोक्ने महिलाबिच झडप भएको छ । भद्रपुर-५ स्थित सीमा पिलर १०१ नजिकै सोमबार बिहान ५ बजे मेची किनारका महिला र ४१ बटालियन कम्पनीबाट खटिएका भारतीय एसएसबीबिच झडप भएको हो ।

मेची पुलदेखि २०० मिटर दक्षिणबाट बिहानको समयमा झोलामा सरसामान हालेर ल्याउँदै गर्दा एसएसबीले चार जना महिलालाई रोकेका थिए । एसएसबीले रोकेर ती महिलाहरूबाट झोला खोस्ने क्रममा एसएसबीले महिलामाथि लाठी प्रहार गरेका थिए । एसएसबीले लाठी हानेपछि महिलाहरूले प्रतिकार गर्दै उनीहरूमाथि नै ढुंगामुडा गरिन ।

सोही क्रममा एसएसबीका एक जवानको टाउको एक जना घाइते बताइएको छ । सामान ल्याउन क्रममा दुवै पक्षबिच कुटाकुट भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए ।

एसएसबीसँग झडप भएपछि सोमबार बिहानदेखि भद्रपुर गलगलिया सीमा नाकामा थप कडाइ गरेको छ । एसएसबीले कुनै पनि पोके कारोबारीलाई सरसामान ल्याउन नदिएको स्थानीयवासी बताउँछन् ।  केही दिनअघि मात्र एसएसबीले देवीवस्ती नाकाको मेची नदी (नेपाली भूमिमा) आएर सामान भित्राउने स्थानीय महिलासँग पनि सामान्य झडप भएको थियो । 

सम्बन्धित समाचार