२०८३ असार ८ गते , सोमबार

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र ७ गते , सोमबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापाको कमल गाउँपालिका- ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ निवासी वर्षीय पाण्डव चौलागाई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार दिउँसो पौने १२ बजे  बिआर ३८ टी ५९७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार चौलागाई गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको हो  । मोटरसाइकल चालक खडका सामान्य घाइते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार