२०८३ असार ८ गते , सोमबार

बार एसोसिएसनको प्रदेश उपाध्यक्षमा सुरज खत्रीको उम्मेदवारी

sajilo news
झापा
२०७८ चैत्र ७ गते , सोमबार
बार एसोसिएसनको प्रदेश उपाध्यक्षमा सुरज खत्रीको उम्मेदवारी

नेपाल बार एसोसिएसनको यही चैत १९ गते हुन गइरहेको केन्द्रीय कार्य समिति निर्वाचनमा झापाका कानुन व्यवसायी (अधिवक्ता)  सुरज खत्रीले प्रदेश उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 
भद्रपुर नगरपालिका ५ स्थित नयाँ बजार स्थायी घर भएका भद्र शालीन स्वभावका अधिवक्ता खत्रीले प्रदेश नम्बर १ बाट वृहत् लोकतान्त्रिक–प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका तर्फबाट प्रदेश नम्बर १ को उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 
  वाणिज्य कानुनमा स्नातकोत्तर सम्मको अध्यापन पुरा गरी सकेका अधिवक्ता खत्री वार एसोसिएसन झापाको पूर्व अध्यक्ष , भद्रपुर रोटरी क्लबका संस्थापक सचिव हुँदै वर्तमान अवस्थामा समेत विभिन्न सामाजिक संघ संस्थामा रहेर सक्रिय रुपमा काम गर्दै आइरहेका छन् ।
उनले निर्वाचनमा आफू निर्वाचित भएमा मुलुकमा कानुनी शासन  स्थापित गर्न पहल गर्दै  सम्पूर्ण कानुन व्यवसायीहरूलाई एकताबद्ध बनाएर एक सक्षम बार बनाउने आफ्नो उद्देश्य रहेको बताए । 
सुशासन कानुनी मुल्य र मान्यताप्रति आफुसदैव प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले भने, 'सम्पूर्ण कानुन व्यवसायीहरूलाई अत्यधिक बहुमतले आफूलाई निर्वाचित गराउन समेत आग्रह गरे ।' 

सम्बन्धित समाचार