२०८३ असार ८ गते , सोमबार

झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ चैत्र १ गते , मंगलबार
झापामा बसको ठक्करबाट एक जनाको मृत्यु
झापा । झापामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। कमल गाउँपालिका–५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा ठक्कर दिँदा इलाम सूर्योदय नगरपालिका–१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

बसको ठक्करबाट घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो। तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार