२०८३ असार ७ गते , आईतबार

ताप्लेजुङको कोप्चे बजारमा आगलागी, एक वृद्धाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २७ गते , शुक्रबार
ताप्लेजुङको कोप्चे बजारमा आगलागी, एक वृद्धाको मृत्यु

झापा । ताप्लेजुङको  सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ। कोप्चे बजारमा रहेको शिव मादेनको घरमा आगलागी हुँदा उक्त घर पूर्ण रुपमा क्षति भएको र रवीन्द्र आङ्वोहाङको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बुको ग्यास पड्किएर मृत्यु भएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार आगो नियन्त्रणमा आइसकेको छ। 

बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा पहिलोपटक आगलागीको घटना भएको हो। 

सम्बन्धित समाचार