२०८३ असार ७ गते , आईतबार

संखुवासभा बस दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २६ गते , विहीबार
संखुवासभा बस दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।  मादी नगरपालिका ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको परेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।  बसमा कति जना सवार थिए भन्नेबारे अझै एकिन भइनसकेको र उद्धार  जारी रहेको खतिवडाको भनाइ छ।

उनले भने, ७ जनाको शव निकालिएको छ। ठूलो भीर हुनाले उद्धार जारी छ, र मृतकको संख्या बढ्न सक्छ।’  बस सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।  थाहाखबरबाट

 

सम्बन्धित समाचार