२०८३ असार ७ गते , आईतबार

झापा गाउँपालिकामा आगलागी, करिब २५ लाखको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २४ गते , मंगलबार
झापा गाउँपालिकामा आगलागी, करिब २५ लाखको क्षति
झापा । झापा गाउँपालिकामा आगलागी भएको छ ।  झापा- १ स्थित कार्की चोक निवासी ठाकुरप्रसाद रिजालको घरमा आगलागी हुँदा करिब २५ लाख बढीको क्षति भएको छ । 

मंगलबार साँझ ७ बजे आगलागी हुँदा रिजालको काठको अग्लो टाढे घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
विद्युतीय चुहावट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १ घण्टामा नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार