२०८३ असार ७ गते , आईतबार

चन्द्रगढी खानेपानीको साधारणसभा सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २१ गते , शनिबार
चन्द्रगढी खानेपानीको साधारणसभा सम्पन्न
भद्रपुर  । भद्रपुर- १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १९ औं साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता र सङ्घीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद् भेलामार्फत साधारणसभा सम्पन्न गरिएको हो ।

अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले एक करोड ७७ लाख २५ हजार ३६४ रुपैयाँ वार्षिक आय तथा एक करोड ४५ लाख ६८ हजार ९३२ खर्चसहित ३१ लाख ५६ हजार ४३२ रकम सञ्चित रहेको विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, नेकपा एमालेका जिल्ला उपसचिव असारू राजवंशी, माओवादी भद्रपुर नगर इन्चार्ज नरेश सन्जेल, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ७ का वडाध्यक्ष गौरव सुब्बा मनोज, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, संस्थापक अध्यक्ष लेखनाथ निरौला, पूर्व अध्यक्ष अम्बरबहादुर कार्की, चन्द्रगढी दोस्रो खानेपानी समितिका अध्यक्ष चूडामणि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार