२०८३ असार ७ गते , आईतबार
प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा बिस्ट, महासचिवमा झापाली
झापा । प्रेस चौतारी नेपाल, प्रदेश १ को अध्यक्षमा अविजाल बिस्ट निर्विरोध चयन भएका छन् । झापाको बिर्तामोड आयोजित प्रेस चौतारी नेपाल प्रदेश १ को ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा बिस्ट चयन भएका हुन् । त्यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा सुमन पुरी, महिला उपाध्यक्षमा सुश्मा श्रेष्ठ , महासचिवमा गोपाल झापाली, सचिवद्धयमा गणेश उप्रेती, राजन श्रेष्ठ र कोषाध्यक्षमा युवराज पौडेल सहित ७१ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।