२०८३ असार ७ गते , आईतबार

दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २१ गते , शनिबार
दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
झापा ।  पूर्व-पश्चिम राजमार्गको दमकमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारी रहेको प्रहरीले जनाएको छ ।
दमक – ४ स्थित ताराबारी सडक खण्डमा गए राति सडक किनारमा रोकिराखेको ट्रकमा तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
ताराबारीस्थित पेट्रोल पम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो नै लागेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार