२०८३ असार ७ गते , आईतबार
रुखबाट लडेर दुई जनाको मृत्यु
झापा । ओखलढुङ्गा र उदयपुरमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ११ बजे ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका- ३ दियाले बस्ने ६३ वर्षीय वीरबहादुर आले मगर घर नजिकै आफ्नै बारीमा रहेको टुनीको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
घाइते मगरको दिउँसो साढे १ बजे मिसन अस्पताल ओखलढुङ्गा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बिहीबार बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका- १० करमगाछीकी ५५ jर्षीया कालूमाया राई त्रियुगा नगरपालिका ११ बरुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडेर घाइते भएकी थिइन् । घाइते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।