२०८३ असार ७ गते , आईतबार
मेची आँखा अस्पतालको अध्यक्षमा गुरुङ, सचिवमा पोखरेल
बिर्तामोड । मेची आँखा अस्पतालमा नयाँ नेतृत्व निर्वाचित भएको छ । बिहीबार भएको अस्पतालको साधारणसभाले जलकुमार गुरुङको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरेको हो । नव निर्वाचित समितिमा उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष छत्र अधिकारी हुन भने सदस्यहरुमा दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, चण्डीराज पराजुली, सुरज खत्री र डा. गोपाल पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत डा पुरुषोत्तम जोशीले जानकारी दिए। अस्पतालको साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । सभामा नवनिर्वाचित अध्यक्ष गुरुङले अस्पतालको सेवा विस्तार र गुणस्तरियताका लागि सक्रिय बन्ने प्रतिवद्धता जनाएका छन् ।