२०८३ असार ७ गते , आईतबार

नेपाली युवाले गरे रूसविरुद्ध युद्ध लड्ने उद्घोष

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १८ गते , बुधबार
नेपाली युवाले गरे रूसविरुद्ध युद्ध लड्ने उद्घोष

काठमाडौं । रूस र युक्रेनबीच  युद्ध चलिरहेको छ। रूसले युक्रेनमाथि स्थल र हवाई मार्फत आक्रमण गरिरहेको छ।  रूसी आक्रमणले युक्रेनका धेरै शहर क्षतिग्रस्त भइरहेका छन्।

रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्। यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका छन्।

नेपालबाटै गएका एकजना युवकको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका ती युवाले रूसविरुद्ध लड्न तयार रहेको बताएका छन्।

'रूसविरुद्ध लड्न युक्रेनको पक्षमा लागेको छु। यो निर्णय मेरा लागि गर्वको विषय हो' एक मिनेट लामो उक्त भिडियोमा उनले भनेका छन्, 'रूसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले आफूलाई निद्रा लागेको छैन। म मानवताको पक्षमा छु। म युक्रेनी सेनामा प्रवेश गर्ने निर्णय गरेको छु।'  यो विषयमा नेपाल सरकारले कुनै आधिकारिक पुष्टि भने गरेको छैन। थाहाखबरबाट

सम्बन्धित समाचार