२०८३ असार ७ गते , आईतबार

साहित्यकार चूडामणि रेग्मीलाई नरोत्तम रत्न स्रष्टा सम्मान

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १८ गते , बुधबार
साहित्यकार चूडामणि रेग्मीलाई नरोत्तम रत्न स्रष्टा सम्मान
भद्रपुर । साहित्यकार तथा समालोचक चूडामणि रेग्मीलाई नरोत्तम रत्न स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ ।

गत फागुन ७ गते रेग्मीलाई सम्मान गर्ने भनिएता पनि स्वास्थ्यमा समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि बुधवार उनकै निवासमा सम्मान गरिएको हो । सम्मानसँगै २० हजार नगद प्रदान गरिएको छ ।

साहित्यकार पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य,गीतकार गणेश रसिकको विशेष आतिथ्यमा भएको कार्यक्रममा आरती पोखरेल, भुवन ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार चन्द्र भण्डारीले गरेका थिए ।

सम्बन्धित समाचार