२०८३ असार ७ गते , आईतबार

झापामा बन्द गराउँदै हिँडेका तीन बन्दकर्ता पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
झापामा बन्द गराउँदै हिँडेका तीन बन्दकर्ता पक्राउ
(प्रवीण विद्रोही)  झापा। राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आह्वान गरेको बन्दका कारण झापाको जनजीवन आंशिक प्रभाव परेको छ । 

बिहानैदेखि सडकमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका थिए भने बन्दका क्रममा बिर्तामोडबाट तीन जना बन्दकर्ता पक्राउ परेको नेकपा झापाले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा बालकृष्ण, राजकुमार बस्नेत र र रविन राई रहेका छन्,। सरकारले एमसिसी पास गरेपछि आन्दोलनले झनै उग्र रूप लिएको छ। 

राजमार्गमा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने केही मात्रामा छोटो दूरीका सवारीसाधन चलेका छन्,। बजार, औद्योगिक क्षेत्र, विद्यालय भने खुला रहेको छ । 

सम्बन्धित समाचार