२०८३ असार ७ गते , आईतबार

अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
झापा । अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित भित्र सडक खण्डमा को ९ प १७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अर्जुनधारा–९ का ५८ वर्षीय राजेन्द्र थापाको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा आइतबार साँझ ७ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ

सम्बन्धित समाचार