२०८३ असार ७ गते , आईतबार
भोलि नेपाल बन्दको आव्हान (विज्ञप्तिसहित)
झापा । संसदबाट एमसिसी पारित गर्ने विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले फागुन १६ गते (भोलि) सोमबार नेपाल बन्दको घोषणा गरेका छन् ।
संसदबाट काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपाल बन्दको घोषणा गरिएको हो ।
विप्लव नेकपासहित ६ पार्टीले एमसिसीका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा रहेको सो गठबन्धनले आन्दोलनको विज्ञप्ति सार्वजनिक गर्दै बन्दको घोषणा गरेका छन् ।