२०८३ असार ७ गते , आईतबार

एमसिसीविरुद्ध प्रशासन कार्यालय इलाम घेराउको क्रममा झडप, जिल्ला इन्चार्जसहित दर्जन बढी घाइते

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
एमसिसीविरुद्ध प्रशासन कार्यालय इलाम घेराउको क्रममा झडप, जिल्ला इन्चार्जसहित दर्जन बढी घाइते
इलाम । राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक विरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा झडप हुँदा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।  

इलामको टुँडिखेल बाट सुरु भएको विरोध प्रदर्शन बजार र चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको आँगन परिसरमा कोण सभा गर्न पाउनु पर्ने भन्दै प्रदर्शनकारीहरूले गेटबाट प्रवेश गर्न खोजे पछि प्रहरीले रोकेको थियो । संयौं प्रहरीहरूसँग झम्टाझम्टी र ठेलाठेल सहित हात हालाहाल हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन । 

प्रदर्शनमा एमसिसी खारेज गर,  एमसिसीका दलालहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलाल सरकार मुर्दावाद लगायतका नाराहरू लगाइएका थिए । प्रदर्शन पछि कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले एमसिसी गम्भीर राष्ट्र घात भएको र यो पास गर्नेहरूलाई जिंउदो नछाड्ने चेतावनी दिए । उनले व्याख्यात्मक घोषणा जनतालाई झुक्क्याउने भ्रम भएको र एमसिसी जस्तो राष्ट्र घात गर्ने दलालहरू जनताबाट उदाङ्गिएको बताए ।
उनले सबै नेपाली जनताहरूले राष्ट्रिय मुक्ति युद्धको निम्ति तयार हुनु पर्ने र मुक्ति सेनाको रुपमा आफूलाई प्रस्तुत गर्नु पर्ने बताए । कोण सभामा नेकपा क्रान्तिकारी माओवादीकाका रुद्र साम्पाङले पनि सम्बोधन गरेका थिए  ।  झडपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला  इन्चार्ज सुमनसिंह सहित विमल आचार्य, रुद्र खाती, तृष्णा , उद्देश्य , दिनेश, अरुणा , मुना लगायत दर्जन भन्दा बढी नेकपाका नेता कार्यकर्ता र विद्यार्थीहरू घाइते भएका हुन ।

सम्बन्धित समाचार