२०८३ असार ७ गते , आईतबार

झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ ।  एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् । 
साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सबै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्बर ३ मा छुट्टै भवन निर्माण निर्माण गरेसँगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । 
गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेसँगै गाउँपालिकाले भवन निर्माण गरेको बताइएको छ । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यस अघि झापा गाउँपालिकामा चार वटा वडा कार्यालयको समेत भवन निर्माण गर्दै उद्घाटन गरिएको बताएका थिए । 
गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसँगै सेवा प्रवाहमा समेत सहज हुने बताएका छन् । 
भवन निर्माणका लागि स्थानीय दाता देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी,चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए । 
झापा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोतीलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित  नेपाली काँग्रेसका तर्फबाट सागीरथ गणेश,  नेकपा एमालेबाट जगेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाईँ, वडा नम्बर २ का वडाध्यक्ष नेत्रबहादुर खड्का , ६ नम्बर वडाध्यक्ष हरिबहादुर बानिया, समाजसेवी विश्वनाथ सिंह राजवंशी,  नेपाल शिक्षक महासङ्घका तर्फबाट जगन्नाथ राजवंशी नेपाल रेडक्रस सोसाइटी कुमरखोदवाट सुन्दरलाल गणेश, एनआइसी बैङ्कका  तिलक शर्मा दुलाल  , राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट विष्णु महतो लगायतले बोलेका थिए ।  भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए । 

सम्बन्धित समाचार