२०८३ असार ७ गते , आईतबार

झापाको पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा-छोरी घाइते

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १३ गते , शुक्रबार
झापाको पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा-छोरी घाइते

झापा ।  पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका- १० स्थित दोमुखामा गएराति आगलागी भएको छ । आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन् । शिवसताक्षी- १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

हात र अनुहार जलेर घाइते भएकी आमा-छोरी दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ ।  प्रहरीका अनुसार बिहीबार राती ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भवनमा बिजुली चुहावट भई आगलागी भएको थियो ।  भवनमा आगलागी हुँदा स्थानीय हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरले सञ्चालन गरेको होटेलहरू जलेर नष्ट भएको छ ।

साथै सोही भवनमा रहेको दोमुखा युवा क्लबको अफिस समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी दमक, कमल र बिर्तामोडको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साढे १ बजे नियन्त्रणमा लिएको बताइएको छ । यता आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार