२०८३ असार ७ गते , आईतबार
झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ९ निवासी ७८ वर्षीया शिवमाया दाहाल रहेकी छिन् ।
अर्जुनधारा - ९ कार्की डाँडा स्थित भित्री सडक खण्डमा बुधवार बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र- १-०१-०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी पैदल यात्री दाहाललाई ठक्कर दिँदा घाइते भएका थिए । घाइते दाहालको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राती सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक बुद्धशान्ति गाउँपालिका- १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।