२०८३ असार ७ गते , आईतबार

घोडाबाट लडेर एक बालिकाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
घोडाबाट लडेर एक बालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ । घोडाबाट लडेर मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पा रहेको प्रहरीले जनाएको छ ।  उनीसँगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाइते भएकी छन् ।

बुधवार बिहान साढे १० बजे उनीहरू मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु ३ लासे दोभान स्थितमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरू समेत घाइते भएका थिए । घाइते मध्ये सोनामको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । 

सम्बन्धित समाचार