२०८३ असार ७ गते , आईतबार

मोटरसाइकलको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
मोटरसाइकलको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु
झापा ।  मोटरसाइकलको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ मा मङ्गलवार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । 
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार