२०८३ असार ७ गते , आईतबार
दुर्घटना परी मोटरसाइकल चालकको मृत्यु
सुनसरी। सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी बर्जू गाउँपालिका- १ का २२ वर्षीय धनिलाल उरावको मृत्यु भएको छ । बर्जू गाउँपालिका १ मा बुधवार राती साँढे ९ बजे बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक उरावको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।